खबरसबैको समाचारदाता, काठमाडाैं मंगलबार, फाल्गुण १०, २०७८

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्।
स्रोतका अनुसार संसदमा एमसिसी टेबल भएपछि ओली प्रधानमन्त्री देउवा संग छलफलका लागि बालुवाटार पुगेका हुन्।
सत्तारूण गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।
ओलीसँगै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल र कांग्रेसको तर्फबाट मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्का बालुवाटार पुगेका हुन्।
यहाँ कमेन्ट गर्नुहोस्