०१ बैशाख २०८१, शनिबार

पलविरुद्धको जाहेरी : नाबालिगलाई विवाहको प्रलोभन देखाएर करणी

खबरसबैको समाचारदाता बुधबार, फाल्गुण ११, २०७८

प्रहरीले बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको बताए । ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ’, उनको भनाइ छ । १७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् ।
करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराइसकेकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

## रातो पाटी अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्