११ चैत्र २०७९, शनिबार

नेपालमा पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण १९, २०७८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो।निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: