१६ चैत्र २०८०, शुक्रबार

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, चैत्र ०३, २०७८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

निगमका अनुसार पेट्रोल–डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५ र मट्टितेल रु १३८ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर रु १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २००,०० ले बृद्धि गरी नयाँ बिक्री नयाँ बिक्री मूल्य प्रति लि।

अमेरिकी डलर १,४९५ कामय गरिएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ । भारतीय आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो । सोही अनुसार निगमले नेपालमा पनि मूल्य बढेको बताएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्