२१ कार्तिक २०८१, बुधबार

हुम्लाको चंखेली गाउँपालिकामा माओवादीले गोलाप्रथाबाट अध्यक्ष छनौट

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, बैशाख ०९, २०७९

हुम्ला– आगमी वैशाख ३० हुने निर्वाचनको लागि चंखेली गाउँपालिकाले गोलापथाबाट अध्यक्ष छनौट गरेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गोलाप्रथा बाट गोविन्द बहादुर शाही (प्रज्वलन)लाई छनौट गरेको हो । माओवादी केन्द्रबाटै ८ जना अध्यक्षको आकांक्षी रहेको चंखेली गाउँपालिका गोला प्रथा गरी गोविन्दबहादुर शाहीलाई छनौट गरेसँगै अर्का अध्यक्षका आकांक्षी धुबबहादुर शाहीले आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथा गरी विचार सकिएर टिकट वितरण गरेको गुनासो रहेको छ । चंखेली गाउँपालिकामा मात्रै आठ जना अध्यक्षका आकांक्षी  थिए ।
अध्यक्षका आकाक्षीहरु गोविन्द्रबहादुर शाही, कालि बहादुर बुढा, कुलप्रसाद चौलागाई,अजबिर बुढा, वर्षबहादुर शाही,शेरबहादुर पाल,धुबबहादुर शाही,सुरबिर ऐडी रहेका छन् । गोलाप्रथाबाट टिकट वितरण गरेपछि असुन्तुष्टि जनाउन थालेका छन् । हुम्लाको ताजाँकोट, अदानचुली,सर्केगार्ड,खापुनार्थ,सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ ।यस बारे बास्तबिकता बुझ्न सचिव जैशी लाइ धेरै पटक फोन गर्दा जैशीको फोन उठेन ।

 

यहाँ कमेन्ट गर्नुहोस्