११ आश्विन २०८०, बिहिबार

हुम्लामा गठबन्धन बैठक बल्ल टुंगियो

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख १०, २०७९

हुम्ला- लामो संर्घष पछि हुम्लाको गठबन्धनको टुंगो लागेको छ । तीन दल बिचको गठबन्धनले कुन गाउँपालिका कुन पार्टीको उम्मेद्वार लड्ने टुङ्गयाएको हो । चार गाउँपालिका अध्यक्ष माओवादी केन्द्र तीन गाउँपालिका अध्य‍क्ष काँग्रेस र तीन गाउँपालिकामा उपाध्यक्ष समाजवादीले लिने भएको छ । ताजाकोट,चंखेली,सिमकोट,नाम्खा गाउँपालिका अध्य‍क्षमा माओवादी केन्द्र भागमा परेको छ, भने अदानुचली, खार्पुनाथ,सर्केगाड काँग्रेसको भागमा परेको माओवादी केन्द्र निकट श्रोतले जनाएको छ । ताजाकोट,चंखेली ,खार्पुनाथ गाउँपालिकामा समाजवादीले उपाध्यक्ष लिने भएको श्रोतले जनायो ।

अदानचुली गाउँपालिकामा काँग्रेसका मोहन बिक्रम सिंह अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रबाट हरिदल पुन ,चंखेली गाउँपालिकामा माओवादी केन्द्रका गोविन्द बहादुर शाही, उपाध्यक्षमा समाजवादीकी प्रेमकला शाही हुने देखिएको छ ।
यस्तै गरि खार्पुनाथ गाउँपालिकामा काँग्रेसका कर्ण रावल अध्यक्ष र शक्तिसिंग ऐडी समाजवादीबाट उपाध्यक्ष पाउने भएका छन् । यस्तै गरि सिमकोट गाउँपालिका अध्यक्ष विजय भणडारीलाई भनिएपनि माओवादी कार्यकताको विरोध पछि हटेका छन् ।

तर काँग्रेसले उपाध्यक्ष टुंगाएको छैन । नाम्खा गाउँपालिकामा अध्यक्ष प्रेम लामा र उपाध्य‍क्ष काँग्रेसले टुंगो लगाएको छैन । सर्केगाड गाउँपालिकामा अध्य‍क्ष काँग्रेसको भागमा परेको छ । त्यस्तै माओवादीको तर्फ बाट उपाध्य‍क्ष चन्दसिह कार्की हुने भएका छन् । ताजाकोटमा गाउँपालिकामा बागदल मल्ललाई पुनः दिने निश्चित देखिएको छ । त्यस्तै, नेकपा (समाजबादी) बाट सम्पती शाही उपाध्यक्षमा लड्ने तय गरिएको जनाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: