१२ जेठ २०८१, शनिबार

चंखेलीमा काँग्रेस बाट स्वतन्त्र उम्मेद्वार लड्ने चेतावनी

खबरसबैको समाचारदाता, हुम्ला आइतबार, बैशाख ११, २०७९

हुम्ला- चंखेली गाउँपालिका बाट आफुहरूकाे भागबन्डामा नपरेपछि काँग्रेस पार्टी समर्थक केहीले स्वतन्त्र उम्मेद्वार लड्ने चेतावनी दिएका छन् । अध्यक्ष वा उपाध्यक्ष सँगै ४ वडा नदिए स्वतन्त्र रूपमा उम्मेदवारी दिने चेतावनी दिएका हुन् ।
नेपाली काँग्रेसकाे संगठनिक रूपमा १हजार ४ सय मत हुदाहुदै १ सय मतदात भएकाे समाजवादीलाई उपाध्यक्ष दिएकाे भन्दै स्वतन्त्रता रूपमा उम्मेद्वारी दिने माग पत्रमा उल्लेख गरिएकाे छ ।काँग्रेस गाउँपालिका सभापति नरबहादुर भणडारी काँगेस जिल्ला सहसिचव दिल बहादुर शाही गरि १३ जनाकाे हस्तान्तरण सहित कर्णाली प्रदेशका सभापतिलाई मागपत्र पठाएका छन् ।

काँग्रेसले गठबन्धन गरिसकेपछि त्यसै आफुहरू सहमत हुनुपर्ने काँग्रेसका एक नेताले जानकारी दिए ।पार्टीकाे निर्णय हामीले मान्नुपर्छ रिसकाे आवेगमा यसरी गर्दा राम्रो हुदैन ती नेताकाे भनाई छ ।

माग पत्र

यहाँ कमेन्ट गर्नुहोस्