२६ भाद्र २०८१, बुधबार

सातपालिका अध्यक्षमा ३६ जना र ४३ जना उपाध्यक्षको उम्मेद्वारी दर्ता

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, बैशाख १३, २०७९

हुम्ला– वैशाख ३० मा हुने निर्वाचनका लागि हुम्ला जिल्लाका सात गाउँपालिकामा ३६ जना अध्यक्ष र ४३ जना उपाध्क्षयको मनोनयन दर्ता भएको छ ।सबैभन्दा बढी गाउँपालिका अध्यक्षमा ८ जना ताजाँकोट सबैभन्दा धेरै उपाध्यक्षमा ९ जना खार्पुनाथ गाउँपालिका मनोनयन दर्ता भएको हो ।
अदानचुलीमा ४ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, चंखेली गाउँपालिका ५ जना अध्यक्ष, ४ जना उपाध्यक्ष,सर्केगाड गाउँपालिकामा ६ जना अध्यक्ष,७ जना उपाध्यक्ष, खापुनार्थमा ४ जना अध्यक्ष, ९ जना को मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
सिमकोट गाउँपालिकामा ५ जना अध्यक्ष,र ५ जना उपाध्यक्ष,यस्तै नाम्खा गाउँपालिकामा ४ जना अध्यक्ष, ५ जना उपाध्यक्षले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले जानकारी दिए ।सात गाउँपालिका १४ जना अध्यक्ष, उपाध्यक्षको लागि ७९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पौडेलले पत्रकार सम्मेलनमा बताए ।
सात गाउँपालिका ४४ वटा वडापालिका रहेको हुम्ला जिल्लामा ४४ वटा वडाध्यक्षको लागि २ सय ३० जनाको मनोनयन दर्ता भएको छ ।भने महिला सदस्यमा १७३ जना दलित महिला सदस्यमा १०९ जना सदस्यमा ३५० जना गरी जिल्लाका सातै गाउँपालिकामा ९सय ४१ जनाले उम्मेदवारी दिएका छन् ।

 

१०८४ जना सुरक्षाकर्मी परिचालित हुने
स्थानीय तहको निर्वाचनको लागि हुम्ला जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको छ । ६८४ म्यादी र नेपाल प्रहरी,१७० जना नेपाली सेना,र २३० जना सश्स्त्र प्रहरी खर्टिने भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाकारी दिइन् ।नाम्खा गाउँपालिकाको लागि हेप्का,केर्मी, याल्वाङ्ग, सिमकोट गाउँपालिका लागि ठेहे,तल्लो गाउँ,टुलिङ्ग , खार्पुनाथ गाउँपालिकाका सुरक्षाको निम्ती लाली,राया,खार्पुनाथ राखिने प्रजिअ परियारले बताइन् ।
यस्तै गरी सर्केगार्ड गाउँपालिकाको सुरक्षाको लागि तुम्च,सायाँ, गोठी,र चंखेली गाउँपालिकाको सुरक्षाको लागि मिमि,देउली,पिप्लाङ्ग अदानचुली गाउँपालिकालाई सुरक्षा दिन कल्के,श्रीनगर,बारीगाउँ र ताजाँकोट गाउँपालिकालाई सुरक्षा दिन भैसाबाँझ,मदना,छप्रेला,राखिने भएको प्रजिअ परियारको भनाई छ । शान्त, वातावरण निर्वाचन सम्पन्न गर्न हिसाबले सुरक्षाकर्मीको मजबुत रुपमा खटाइएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्