१५ चैत्र २०८०, बिहिबार

हुम्लामा १७ अध्यक्ष र ११ उपाध्यक्ष उम्मेदवारी फिर्ता

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख १७, २०७९

हुम्ला- आसन्न वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा ३६ अध्यक्ष उम्मेदवारले मनोनय दर्ता गरेका मध्ये १७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भने ११ जना उपाध्यक्षका उम्मेदवारले मनोनयन फिर्ता गरेका छन ।

नाम्खा गाउँपालिकाबाट माया लामा,र कार्मा टुणडुप लामाले फिर्ता लिएको नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपाने जानकारी दिए ।गठबन्धनबाट प्रेम लामा र काँग्रेसबाट रूष्ठ सुर्य लामाको उम्मेदवारी रहेको सहायक अधिकृत न्यौपाने बताए । उपाध्य‍क्ष स्वतन्त्र उम्मेदवार डाब्ला लामाले पनि फिर्ता न्यौपानेको भनाई छ ।

यस्तै गरि सिमकोट गाउँपालिकाबाट समाजवादीका तिर्थराज रोकाया र स्वतन्त्र उम्मेदवार नन्दबहादुर शाहीले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेले जानकारी दिए । उपाध्यक्षमा समाजवादीकै प्रेमा लामाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

खार्पुनाथ गाउँपालिकबाट काँग्रेसका स्वतन्त्र उम्मेद्वार बिरजग शाही र माओवादी केन्द्रकी लक्ष्मी योगी (रावल)ले उम्मेदवारी फिर्ता गरेका छन् । काँग्रेसका स्वतन्त्र उपाध्यक्ष उम्मेदवार अंग बहादुर शाही,कर्ण रावल, र एमालेका गणेश रावल र धन रोकायाले उपाध्यक्ष उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै गरी सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रका अकिल बुढा, र काँग्रेस मानदेव शाहीले अध्यक्ष उम्मेदवारी फिर्ता गरेको सहायक निर्वाचन अधिकृत मोहन गिरिले जानकारी दिए ।

उपाधयक्षमा काँग्रेसकी स्वतन्त्र उम्मेदवार ज्योती शाही,एमालेका स्वतन्त्र उम्मेदवार नन्द बहादुर रोकाया,समाजवादीकी सुशिला शाहले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत गिरिले बताए । यस्तै गरि चंखेली गाउँपालिका माओवादी केन्द्रका स्वतन्त्र अध्यक्ष उम्मेदवार सुरबिर ऐडी र नेकपा एकीकत माओवादी (समाजवादी) का खडक शिराले अध्यक्ष उम्मेदवारी फिर्ता लिएका छन् ।उपाध्य‍क्ष कसैले पनि फिर्ता लिएका छैनन् ।

अदानचुली गाउँपालिकामा समाजवादीका अध्यक्ष गोर्ख थापा, उपाधयक्ष पवित्रा देवकोटाले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । ताजाँकोट गाउँपालिकाबाट स्वतन्त्र अध्यक्षका उम्मेद्वार जनता समाजवादी पार्टीका दलबहादुर सार्की, स्वतन्त्र उम्मेद्वार बिरमान खडका, माओवादी केन्द्रका बल बहादुर बुढा,गोपाल बुढा र उपाध्यक्षमा पदमलाल सार्की,सिपकली खडिक,मोहन दमाईले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत प्रेम सिहंले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्