१६ चैत्र २०८०, शुक्रबार

गठबन्धन चुनाव सम्मका लागि मात्र हैन, उपसभापति खड्का

खबरसबैको समाचारदाता, सुर्खेत सोमबार, बैशाख २६, २०७९

सुर्खेत- नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले  गठबन्धन चुनाव सम्मका लागि मात्र नभएको बताएका छन् । सोमबार बिरेन्द्र नगरपालिकामा आयोजित गठबन्धनको संयुक्त्त चुनावी सभालाई सम्बोधन गर्दै खड्काले गठबन्धन चुनाव सम्मका लागि मात्र नभएको बताएका हुन् । उहाँले यो नेपालीका अधुरा सपना पुरा गर्न बनेको बताएका छन् । संघियता, संविधान र जनताको मुल मर्म बुझि गठबन्धन गर्नु परेको कुरा बताए । अब, गठबन्धन प्रचण्डले भने झैं लामो समय सम्म हुने बताएका छन् ।

उपसभापति खड्का गृह जिल्ला आइतबार पुगेका थिए ।  स्थानीय तह निर्वाचन–२०७९ को मिति मुख्यै नजिक आउँदा चुनावी दौडाहमा सुर्खेत पुगेका खड्काले सोमबार जिल्लामा भएको गठबन्धनको आम सभा बिरेन्द्र नगरमा संबोधन गरेका थिए ।

साथै, बोल्ने क्रममा बिरेन्द्र नगरका राम्रो बनाउन चुनाबमा गठबन्धनका उम्मेद्वार लाइ भोट हालेर जिताउन आग्रह समेत गरे ।

चुनावि सभालाइ संबोधन गर्ने क्रममा मंगलबार सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा हुने चुनावी सभालाई पनि उपसभापति खड्काले सम्बोधन गर्ने बताईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्