०४ कार्तिक २०८१, आइतबार

तीन हजार सात सय ८८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, बैशाख २८, २०७९

काठमाण्डौ –  पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको छ । २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १६ जना निको भएसँगै एक सय ८७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार पाँच जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्