१६ चैत्र २०८०, शुक्रबार

चंखेली गाउँपालिकाकाे पहिलो याेजना गाउँपालिका भवन बनाउने

खबरसबैको समाचारदाता, हुम्ला बिहिबार, जेठ १२, २०७९

हुम्ला- चंखेली गाउँपालिकाकाे नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाही पहिलो याेजना गाउँपालिकाकाे भवन बनाउने भएका छन्।
पदभार ग्रहण गरेसँगै पालिकाकाे प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।
गाउँपालिका अघिल्लो जनप्रतिनिधिहरूले भवन निर्माण नगरि भाडामा बस्दै आएकाे थिए ।
 नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नै पालिकाकाे भवन निर्माण गरि छिट्टै  सर्ने अध्यक्ष शाहीले जानकारी दिए ।  अध्यक्ष शाहीले “पालिका पद ग्रहण गरेसँगै पालिकाकाे भवन निर्माण गर्न शिलान्यास गरेकाे हुँ” भने ।
चंखेली गाउँपालिका मेरै कार्यकाल फरक बनाएर देखाउछु अध्यक्ष शाहीले भने ।
जनताले मलाई न्याय गरेर निर्वाचित गरेका छन्, जनताकाे पक्षमा संधै काम गरे चंखेली गाउँपालिका विकासकाे निम्ति सदैव अघि बढ्ने शाहीकाे भनाइ छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्