०४ कार्तिक २०८१, आइतबार

सार्वजनिक गर्यो, मध्यपश्चिम विश्वविद्यालयले दाेस्रो दीक्षान्त समाराेहको खर्च

३७ लाख १ हजार ३३१ खर्च

खबरसबैको समाचारदाता, सुर्खेत बुधबार, आषाढ ०८, २०७९

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयले ०७९ साल ६ गते दाेस्रो  दीक्षान्त समाराेहमा भएकाे  खर्च विवरण सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलन गर्दै दाेस्रो दीक्षान्त समाराेह भएका खर्चकाे  विवरण सर्वजनिक गरेकाे हाे । दाेस्रो दीक्षान्त समाराेहका  प्रचार प्रसार उपसमितिका संयाेजक मध्यपश्चिम विश्वविद्यालयका  डिन लिलाधर तिवारीले पादर्शिक रूपमा खर्चकाे विवरण सार्वजिनक गरेकाे जानकारी दिए ।
 पत्रकार सम्मेलनमा बाेल्दै लिलाधर तिवारीले स्थायी प्रमाण – प्रमाण पत्र व्यवस्थापन खर्च २ लाख ६९ हजार २६८ र पदक प्रमाण पत्र तथा शिलालेख व्यवस्थापन खर्चमा  १ लाख ३७ हजार १११ खर्च भएकाे बताए । गाउनसेट व्यवस्थापन खर्च ४८ हजार ३१८ र  प्रचार प्रसार व्यानर तथा प्रत्यक्ष प्रसारण खर्च १ लाख ३७ हजार १४८ र  कार्यक्रम सञ्चालन  तथा स्थल व्यवस्थापन खर्च ५लाख ७० हजार ६५० खर्च भएकाे डिन तिवारीले भने ।
 यस्तै गरि खाजा नास्ता  ७ लाख ,३७ हजार १४८ र  सम्बाेधन तथा प्रतिवेदन मस्याैदा खर्च  १ लाख ६१ हजार ३६४ र स्वागत अतिथि सत्कार यातायात १३लाख ७४ हजार ७०६ स्वयसेवक परिचालन खर्च ६७ हजार ५५९ सिनेट बैठक  भत्ता खर्च ९९ हजार खर्चकाे प्रचार प्रसार उपसमितिका संयाेजक तथा मध्यपश्चिम विश्वविद्यालय डिन तिवारीले बताए ।
प्रमुख अतिथि स्वागत खर्च  १ लाख गरि जम्मा कुल खर्च ३७ लाख १ हजार ३३१ खर्च भएको मध्यपश्चिम विश्वविद्यालयका डिन तिवारीकाे भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्