१७ मंसिर २०८१, सोमबार

हुम्लाको चाङ्गला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ ।

खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, आश्विन २५, २०७९

हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ ।

एकसातादेखि सिमकोट गाउँपालिका(१ स्थित चाङला हिमाल चढन पुगेका पाँच जना बेलायती नागरिक र दुई जना नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको हो ।

सोमबार दिउँसो अलपत्र परेका सात जना पर्यटकहरूको उद्धार गर्न प्रयास गरिएपनि खराब मौसमले उद्धार हुन नसकेको माउन्टेन एयर हेलिकप्टरका फ्लाइट अफिसर आकृति प्रधानले जानकारी दिइन ।

सोमबार गृहमन्त्रालयबाट परिपत्र आएपछि चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न भनिएपनि मौसमले साथ नदिएपछि आज उद्धार गरिएको हो ।

हिमाल चढन चाङला हिमाल पुगेका पाँच बेलायती नागरिक र दुई जना नेपाली नागरिक चाङला हिमालमै एकसातादेखि अलपत्र परेका थिए ।।

यहाँ कमेन्ट गर्नुहोस्