खबर सबैको समाचारदाता शुक्रबार, कार्तिक ०४, २०७९
हुम्ला- नेकपा (एमालें) हुम्लाले सडक यातायातलाई पहिलो प्राथमिकता दिएर चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एक मात्र जिल्लालाई सुर्खेत–हिल्सा टु–लेन फाष्ट–ट्रयाक निर्माण गर्ने पहल गर्ने प्रतिवद्धता सार्वजनिक गरेको हो ।
निर्वाचन केन्द्रीत नेकपा ९एमाले० हुम्ला जिल्ला कमिटीको पाँचौं बैठकका निर्णय तथा पार्टीका तर्फबाट अघि सारेका निर्वाचन प्रतिवद्धता सार्वजनिक कार्यक्रम मार्फत यस्तो प्रतिवद्धता जनाएको हो ।
जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा एकल रुपमा चुनावी प्रतिष्प्रधामा रहेको नेकपा –एमाले० हुम्लाले आप्mनो नेतृत्वमा रहेको नेपाल सरकार र प्रदेश सरकारमा सहभागि हुँदा जिल्लामा भएका काम सहित चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन मार्फत आप्mनो पार्टीले जिते कर्णाली प्रदेशको लाइफ लाइनका रुपमा रहेको सुर्खेत–हिल्सा टु–लेन फाष्ट–ट्रयाक निर्माणको काम हुरु गर्ने एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेरदवार दल रावलले बताउनुभयो ।
‘हाम्रो पार्टीलाई हुम्लाका मतदाता आमावुवा दाजुभाई दिदीबहिनीले अमूल्य मत दिएर चुनाव जिताएको खण्डमा हामीले निर्माणाधिन कर्णाली कोरिडोरबाट सिमकोट जोड्ने मात्र होइन् । रणनीतिक महत्व बोकेको सुर्खेत–हिल्सा टु–लेन फाष्ट–ट्रयाक निर्माणको काम अघि साछौं,’ एमाले उम्मेरदवार रावलले भने, ‘गठबन्धनको सरकारका काम भन्दा विगतमा एमाले नेतृत्वको सरकारले गरेको कामका आधारमा पनि देश विकासको नेतृत्वदायी भूमिका खेल्ने पार्टी हाम्रै ९एमाले० हो भन्ने प्रमाणीत भएकाले पनि हामी यो रणनीतिक महत्व बोकेको सडक निर्माणको थालनी गछौं ।’
हुम्ली जनताका साझा सवाल तथा सम्मानसहितको विकासको अधिकारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा मार्फत राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले पु¥याउने, कवाडी–सिमकोट–हिल्सा सडकको बाँकी निर्माण कार्यलाई तिव्रता दिन संघीय सरकार मार्फत पहल गर्ने, लिमी लाप्चा सिमिकोट सडक लगायतका जिल्ला भित्रका अन्य सडकहरुको स्तरोन्नति र कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गराउने जस्ता प्रतिवद्धता एमाले हुम्लाले अघि सारेको छ ।
यसैगरी प्रत्येक गाउँ र गाउँपालीका जोड्ने सडकहरुमा थप वजेटको ब्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभुत क्षेत्रलाई जनताको अधिकारको रुपमा स्थापित गराउन पहल गर्ने, जिल्लाको संचार प्रणालीलाई ब्यवस्थित र भरपर्दो वनाउने, विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्ने, हुम्लालाई अर्गानिक कृषि उत्पादन, व्यवसायीकरण, बजारीकरण गर्ने, जिल्लामा भएका साना जलविद्युत आयोजनाहरुको स्तरोन्नति गर्ने, सदरमुकाम सिमिकोटको लागि एक मेगावाट वैकल्पिक तथा सौर्य ऊर्जा जडान तथा लाइन बिस्तार जस्ता कामलाई एमालेले आप्mनो चुनावी प्रचारको एडेण्डाका रुपमा अघि सारेको एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेरदवार रावलले बताए ।
यस्ता छन्, एमाले हुम्लाका चुनावी प्रतिवद्धता
आगामी दिनमा नेकपा(एमाले) को तर्फबाट गरिने कामको लागि प्रतिबद्धता
- न्यायप्रेमी हुम्ली जनताका साझा सवाल तथा सम्मानसहितको विकासको अधिकारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा मार्फत राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले पुयाउने काम गर्ने छौं ।
- यस अघि सर्भे भैसकेको सुर्खेत–हिल्सा टु–लेन फाष्ट–ट्रयाक निमार्णका लागि नेपाल सरकार तथा अन्र्तराष्ट्रिय विकास सहायता मार्फत कार्यान्वयन गराउन पहल गर्नेछौं ।
- कर्णाली करिडोर अन्तरगतको कवाडी–सिमकोट–हिल्सा सडकको बाँकी निर्माण कार्यलाई तिव्रता दिन संघीय सरकार मार्फत पहल गर्नेछौं ।
- लिमी लाप्चा सिमिकोट सडक लगायतका जिल्ला भित्रका अन्य सडकहरुको स्तरोन्नति र कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गराउनेछौं ।
- प्रत्येक गाउँ र गाउँपालीका जोड्ने सडकहरुमा थप वजेटको ब्यवस्था गरी स्थानीय सरकारहरुसँगको सहकार्यमा पुर्णता दिने कार्यमा लाग्नेछौं ।
- जिल्लाका रणनीतिक सडकहरुको कार्यान्वयनमा तिव्रता दिन आवश्यक ब्यवस्थाका लागि पहल गर्नेछौं ।
- शिक्षा, स्वास्थ्य,खानेपानी लगायतका आधारभुत क्षेत्रलाई जनताको अधिकारको रुपमा स्थापित गराउन पहल गर्नेछौं ।
- संचार प्रणालीलाई ब्यवस्थित र भरपर्दो वनाउन पहल गर्नेछौं ।
- विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्न पहल गर्नेछौं ।
- हुम्लाको भौगोलिक विशेषतालाईहेरी अर्गानिक कृषि उत्पादन,व्यवसायीकरण, बजारीकरण गर्नुकासाथै औधोगीकरणमा विशेष जोड दिनेछौं ।
- जिल्लामा भएका साना जलविद्युत आयोजनाहरुको स्तरोन्नतिमा पहल गर्नेछौं ।
- साना जलविद्युत आयोजनाको लागि संभाव्यता अध्ययन तथा कार्यान्वयनमा जोड दिनेछौं ।
- सिमिकोटको लागि १ मेगावाट बैकल्पिक तथा सौर्य ऊर्जा जडान तथा लाइन बिस्तारका लागि पहल गर्नेछौं ।
- जिल्लामा व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जनको विषयलाई विशेष जोड दिनेछौं ।
- युवा स्वरोजगारलाई विशेष प्राथमिकतामा राखि पर्यटन,कृषि,वन क्षेत्रका विविध संभावनाहरुलाई अभियानको रुपमा अगाडि बढाउन लागि पर्नेछौं ।
- लिमी भ्याली लगायत हुम्लाका महत्वपुर्ण पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक पहल गर्नेछौं ।
- हुम्ली जनताको स्वामित्व रहने गरि मझौला र ठूला जलविद्युत आयोजना संचालनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता ल्याउन पहल गर्नेछौं ।
- महिला,दलित,आदिवासी जनजाती,अपाङ्गता भएका ब्यक्ति लगायतका समाजमा पछि परेका वर्ग समुदायको हित र उत्थानका लागि सामाजिक सुरक्षाका काम गर्नेछौं ।