१६ चैत्र २०८०, शुक्रबार

शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, मंसिर २९, २०७९

आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ ।पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी ९पीआरसी० तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए ।

पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए ।कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागु हुनेछन् ।

सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको थियो । सोही आधारमा हरेक शैक्षिक शत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दैै आएको छ । आउँदो वर्ष २०८० सालमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा दिनुपर्नेछ । चालू शैक्षिक शत्र २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम हुनेछ ।

१० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेका छन् । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइसकेका छन् ।

विश्वव्यापी मान्यताअनुसार हरेक ५ वर्षमा नयाँ पाठ्क्रम लागु गर्नुपर्छ । सोही आधारमा सरकारले नयाँ पाठ्यक्रम लागु गर्न लागेको हो । यसअघि भने १३ वर्षपछि पाठ्यक्रम परिवर्तन भएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्रै पाठ्यक्रम परिवर्तन भएको थियो ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार शैक्षिक शत्र २०७८० सम्म सबै विषयको नयाँ पाठ्यक्रम लागू गर्ने योजना बनाएको थियो । सोही आधारमा केन्द्रले शैक्षिक शत्र २०७७ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन गरेको थियो ।

केन्द्रले २०७६ सालमा सातै प्रदेशका २८ वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्मको नयाँ पाठ्यक्रम परीक्षणको लागि पठाएको थियो । उक्त परीक्षण सफल भएपछि केन्द्रले अन्य कक्षाका पाठ्यक्रम समेत परिवर्तनको प्रक्रिया अगाडि बढाएको थियो ।

शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ५ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएका छन् । भने २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुनेछ ।

नयाँ पाठ्यक्रम तयार भएका पाठ्यपुस्तक छपाइका लागि आफूहरू तयार रहेको जनकशिक्षा केन्द्रले जनाएको छ । केन्द्रबाट पीआरसी उपलब्ध गराएको चार महिनाभित्रमा पाठ्यपुस्तक छापिसक्ने जनक शिक्षाको दाबी छ ।

###रातोपाटी अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्