०१ जेठ २०८१, मंगलबार

 मुगुमा प्रेस युनियन चौथो जिल्ला अधिवेशन सम्पन्न 

खबरसबैकाे समाचारदाता,मुगु शनिबार, आषाढ ०२, २०८०

नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट नन्दबहादुर रोकायाको नेतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हाे। शनिबार सम्पन्न अधिवेशनमा रोकायाको नेतृत्वमा १५ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा नन्द बहादुर रोकाया, उपाध्यक्षमा हरिकृष्ण एडि (खुल्ला) र समावेसी उपाध्यक्षमा ज्ञानीमाया भाम एडि, सचिवमा नवराज रावल, सहसचिवमा दिपा भण्डारी, कोषाध्यक्षमा सविना भाम लगायतकाे टिम चयन भएकाे छ ।

अध्यक्ष रोकाया विगत ११ वर्षदेखि विभिन्न स्थानिय तथा राष्ट्रिय पत्रिकामा काम गर्दै आएका छन्  ।

यहाँ कमेन्ट गर्नुहोस्