२७ भाद्र २०८१, बिहिबार

अन्तराष्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता गर्दै

खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, बैशाख २६, २०८१

नेपालमा अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। मे २४ देखि  २६ , २०२४ मा काठमाण्डौ दशरथ रंगशालामा प्रतियोगिता आयोजना गरिने जानकारी दिएको छ। उक्त कार्यक्रममा सहभागी जनाउन १६ एशियाली मुलुकका खेलाडी आउने जनाइएको छ । सो कार्यक्रममा बाँकी थप देशहरु पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ।

नेपाल सिएच आईटीएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर कुशलूका अनुसार नेपाली खेलकुद जगतको धरातललाई र नेपाल देशको पहिचान विश्व सामु चिनाउने हेतुले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यस खेलले पर्यटन प्रवर्द्धन र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्दछन्।

प्रतियोगितालाई व्यावस्थित र मर्यादित बनाउन  विभिन्न बिभागहरु समेत गठन गरि तिब्र तयारी भइ रहेको आयोजक समितिले जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्