२९ साउन २०८२, बुधबार

रास्कोट नगरपालिकामा २६ औँ अन्तराष्ट्रिय युवा दिवस र्‍यालि र सरसफाई गरेर मनाए

खबरसबैकाे समाचारदाता मंगलबार, साउन २८, २०८२

“दिगो विकास र सुनौलो भविष्यको सार, स्थानिय युवाको सहभागीता समृद्धिको आधार” भन्ने मूल नाराका साथ कालिकाेट जिल्लाको रास्कोट नगरपालिकामा २६ औँ अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ ।

रास्कोट नगरपालिकाको आयोजना तथा हुरेण्डक नेपाल, सादा नेपाल र किर्डाक नेपाल कालीकोटको सहजिकरण, प्लान इन्टरनेश्नल नेपालको सहयोगमा पालिकास्तरीय सरसफाई तथा र्‍यालि सहित २६ औँ अन्तराष्ट्रिय युवा दिवस मनाइएको हो ।

रास्कोट नगरपालिकाका नगर प्रमख धर्मराज शाही पोषणको प्रमुख अध्यक्षता, नगर उप–प्रमुख मनिराज बरालको आतिथ्यतामा बजार र्‍यालि सहित सरसफाई कार्यक्रमको आयोजना गरि दिवस मनाइएको बताइएको छ ।

र्‍यालि पश्चात कोणसभामा बोल्दै नगर प्रमुख धर्मराज शाहीले नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बताउनुभयो ।

“उहाँले भन्नसभयो, युवा सम्वन्धि अन्तर्राष्ट्रिय मुद्दाहरुमाा सरकारले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । नगर उपप्रमुख मनिराज बरालले बैदेशिक रोेजगारिका लागि जाने भन्दा वाहेक अन्य कुरामा सोच्दै नसोच्ने अवस्था रहेको अवस्थामा नेपाली युवाहरुलाइ कसरी माटोसँग साक्षातकार गर्ने सो वारे सोच्न आवस्यक रहेको बताउनुभएको छ ।

साथै उपप्रमुख बरालले युवाहरुलाई रोजगारीको व्यवस्था गरि आत्मनिर्भर तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । देशमै बसेर सिप सिक्ने मात्र नभइ काम पनि गर्नुपर्ने उहाँको भनाइ थियो ।

हुरेन्डेक नेपालका कार्यक्रम संयोजक पदम हमालले युवाका बिषयमा संघसंस्थाले र स्थानीय सरकार मिलि पनि विभिन्न सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई सकेसम्म विभिन्न सिपमूल आयआर्जन कार्यक्रममा लगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्लान इन्टरनेश्नलका कार्यक्रम संयोजक दिक्षा भाटले युवाहरुका लागि लक्षित गरेर स्वरोजगार बनाउनका लागि धेरै प्रकारका तालिम दिनुपर्ने र युवाहरुलाई रोजगारीतर्फ अग्रसर गराउनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागारूक गरान यो दिवस मनाउने गरिएको छ ।

रास्कोटमा आयोेजित २६ औं अन्तराष्ट्रिय युवा दिवस कार्यक्रममा ७० जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्