खबरसबैको समाचारदाता सोमबार, भाद्र ०९, २०८२

- परम्परगात रुपममा अन्नपात भण्डाणका लागि प्रयोग गरिने मोटोका ढरा यहाँका गाउँ घरमा लोभ हुदै गएका छन । पछिल्लो समय काठ र पालाष्टिकका सामाग्री सहजै रुपमा पाइने भएकाले परम्परागत ढरा भकारी लोप हुँदै गएका हुन ।
पहिले हुम्लाका घर–घरमा रहेको माटोको ढरा भकारी हेरेर परिवारको सम्पन्नता आकलन गरिन्थ्यो । खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको ढरा वा भकारी जति ठूलो हुन्थ्यो, त्यो परिवार त्यति नै सुखी, सम्पन्न रहेको मानिन्थ्यो ।
घरमा रहेको ढरा वा भकारीको संख्या र आकार प्रकारले परिवारको धनसम्पत्ति, खेतलगायत सो परिवारसँग रहेको श्रीसम्पत्ति आकलन गर्ने आधार हुन्थ्यो । तर अचेल गाउँघरमा माटोको ढरा र भकारी बिरलै देख्न पाइन्छ ।
हुम्लाको गाउँमा अन्न भण्डारणका लागि बनाइने माटोको भकारी लोप हुन थालेको छ । ‘गाउँमा छोरी चेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको भकारी हेरेर उसको आर्थिक हैसियत आकलन गरेर वैवाहिक सम्बन्ध गाँस्ने गरिन्थ्यो तर अब भने न भकारी नै छन्, न त अब ती परम्परा प्रचलमा रहेको,’ सर्केगाड–३ उनापानीका पाल्जोर फडेराले बताउनुभयो ।
परम्परा, संस्कृति, कला र साहित्यको अनुपम उदाहरणका रुपमा रहेको विशिष्ट पहिचानयुक्त माटोको ढरा बनाउने परम्परा लोप हुँदै गएको स्थानीयवासीको भनाइ छ । माटोको भकारीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित रहने भएकाले खाद्यान्न भण्डारणका लागि यो उपयुक्त मानिन्छ । धान, चामल, गहुँ, जौ, कोदो, फापर, सिमी, मकै, कागुनो लगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटोको भकारी अति उपयुक्त मानिन्थ्यो ।
माटोको भकारीको साटो प्लास्टिकका भाँडावर्तन र कठका खटियाको प्रयोग बढ्न थालेसँगै भकारी लोप हुन थालेको हो । अदानचुली– ४ चिनारे सुनारका अनुसार उत्पादित खाद्यान्न प्लास्टिकका भाँडामै अटाउने भएपछि भकारी बनाउने क्रम लगभग सकिएको छ ।
लेसिलो कालो वा रातो माटोमा गाईको गोबर र पानी मिसाएर मुछ्दै महिनौं लगाएर भकारी बनाइने गरिन्थ्यो । ७७ वर्षीय लोते भण्डारीका अनुसार यो समय र हिउँदमा भकारी बनाउने लहर नै चल्थ्यो । नयाँ पुस्तालाई भकारी बनाउने कलासमेत थाहा हुन नसकेको बतानुभयो । पछिल्लो समयका नागरीकले आफैले बनाएका सामाग्री भन्दा अरुले बनाएका सामाग्रीमा बढी चासो हुने गरेको छ । सो भकारीमा र ढरामा खाद्यान्न राख्दा समेत कुनै किरा लाग्दै थिए, अन्न समेत मिठो हुने गरेको उहाँले बताउनुभयो ।