२१ फाल्गुण २०८२, बिहिबार

दोलखाको मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ।

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण २१, २०८२

दोलखाको मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका ४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो।

त्यसपछि भिड नियन्त्रणमा लिन एकछिन मतदान कार्यक्रम रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

भिडलाई नियन्त्रणमा लिन एकछिन रोकिएको, केही छिनमा सुरू हुन्छ उनले भने। मतदान रोकिएलगत्तै सर्वदलीय बैठकको छलफल सुरू भएको उनले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्