About Contact Links
Close
बिज्ञापन
हुम्लामा नेकपा गाउँपालिका स्तरीय अभियानमा

Khabarsabaiko बुधबार, पौष ११, २०७५ मा प्रकाशित

राज शाही

हुम्ला पौष ११ 

हुम्लाका स्थानीय निकाय जनउत्तरदायी भए नभएको  र नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिको धारणा सल्लाह, सुझाव र गुनासो संकलन तथा समस्या समाधान गर्न, यतिबेला गाउँपालिका स्तरीय अभियानमा जुटेको जानकारी प्राप्त भएको छ । जिल्लाका जनता तथा सरोकारवाला संग प्रत्यक्ष कार्यक्रम सञ्चालन गरि जनताको भावना र स्थानिय निकाय र पाटीको कमिकमजोरी उठान र समाधानकालागि सरोकारवाला निकाय समक्ष समेत राखेर समाधान गर्ने उध्येश्यका साथ अभियान सञ्चालन गरिरहेको र यो अभियान नेकपा कर्णाली प्रदेशको आयोजनाको संचालन भैरहेको जनकारी दिएका छन् ।

यस अघि नै पार्टीको जिल्ला संगठन निर्माण नभई कार्यदल जिल्लाको स्थलगत जागरण अभियानमा जानै नहुँने नेकपाका कर्णाली प्रदेशका सदस्य छिमी दोर्जे लामाले बिरोध गरिरहेका बेला,  छक्क बहादुर लामा, लोक वहादुर हमाल, दल फडेरा, हस्त बहादुर शाही, लालकेश जैसी लगायत अभियान कार्यदलका सदस्य अभियानमा छन् ।

संयोजक भण्डारीले पुस १२ गते अदानचुली गाउँपालिका, १५ गते चंखेली गाउँपालिका, १८ गते सर्केगार्ड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा अन्र्तकृया तथा जागरण अभियान संचालन गर्ने तय यस अघि नै गरेको जानकारी दिए ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७