०१ कार्तिक २०७८, सोमबार

बा गएका हुन्

Khabarsabaiko मंगलबार, माघ ०१, २०७५

जिन्दगी उचाली उचाली बा गएका हुन्
यो घरको छानो नटाली बा गएका हुन्

इतिहास मेरै अगाडि साचि भएको छ
छोडेर बगैचाका माली बा गएका हुन्

तिम्रो सम्बन्ध त भयो यति बुझ्दा हुन्छ
जादा हात खाली खाली बा गएका हुन्

देशको लागि ज्यान सुम्पिन आमाका
राता चुरा पोते फुकाली बा गएका हुन्

  • धनगिरी फडेरा 

रास्कोट नगरपालिका ६ कालिकोट

यहाँ कमेन्ट गर्नुहोस्