Khabarsabaiko शनिबार, माघ १२, २०७५
खबरसबैको डटक माघ १२ गते हुम्ला
माघको पहिलो हप्ता बाट लगातार परेको भारि हिंमपातले राष्ट्रिय पोलियो खोप अभियान लाई प्रभावित बनाएको छ ।जिल्ला अष्पताल हुम्ला र २६वटा खोप केन्द्र गरि २७ वटै खोप केन्द्रमा संचालन गर्दे आएको छ । यहि माघ ८ र ९ गतेको दिनमा संचालन हुने राष्ट्रिय पोलियो खोप भारी हिंपतैकारणले खोप अवरुद्ध भएको जिल्ला अष्पताल हुम्लाका अनमी सरतिा बोहराले बताउनु भयो ।
हुम्लामाका अधिकाँस खोप केन्द्रमा पोलियो थोपा खुवाउने २ दिने अभियान सुरु गरिने भयता पनि सोमबार बाट परेको लगातर हिंमपातले खोप संचालन गर्न नसकिएको जिल्ला अष्पताल हुम्लाका प्रमुख डा दुर्गा सुर्खाली लाई उद्धित गर्दै अनमी बोहराले बाताइन् । सबै केन्द्रमा स्थान भएको खोप केन्द्रमा स्वाथ्य कर्मि र खोप भ्याक्सीन लिन नसकिएको बताइन् । Howdy, arjun
अभियानका क्रममा प्रत्येक वडामा रहने खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत ५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी अबरुद्ध भएको छ । दादुरा रुबेला रोगविरुद्ध थप प्रतिरोधात्मक शक्ति प्रदान गर्नका लागि खोप अनिवार्य लगाउनुपर्ने हुनाले तोकिएको समयमा लगाउन नसकिएको जिल्ला अष्पताल हुम्लाले बताएको छ । दादुराले निमोनिया, झाडापखाला, जलविजयोजन, कुपोषण गराएर विरामीको मृत्यु समेत गराउँछ ।
दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्ठाका औँला, नाडी र घुँडाका जोर्नी दुख्ने, ज्वरो आउने र रक्तश्राव हुने र गर्भवति महिलामा पनि यो रोग देखिने चिकित्सकहरुको भनाई छ । दादुरा र रुबेलाका उपचार खोप नै भएकाले आफ्ना बालबालीकालाई मौसम सुधार आएमा खोप संचालन गरिने अनमि बोहराले बताए । पाँच बर्ष मुनिका वालवालिका लाई खोपका सबै सुचक खोप पोलियो थोपा, विसिजी, डिपिटि, दादुरा रुवेला, जापनिज इन्सीफलाईटीज,आइपिभी लगायतका खोप पुरा गर्नु पर्ने बताए ।