०१ कार्तिक २०८१, बिहिबार

शहीदको बलिदानीले लोकतन्त्रको उपलब्धी भएको राष्ट्रपति भण्डारी

Khabarsabaiko बुधबार, माघ १६, २०७५

खबरसबैको डटक, माघ १६
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदकै योगदानले नेपालमा गणतन्त्र र संघीयताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छिन्। शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वा्चित संस्था र सरकार कटिबद्ध रहेको उल्लेख गरेकी छिन्। प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने राष्ट्रपतिको भनाइ छ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय शहीदलाई जाने बताएका छन्। शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पुनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका वेला शहीदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन्।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणाशासनविरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानका कारण नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छ। ‘पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ’, प्रधानमन्त्रीले सन्देशमा उल्लेख छ, ‘राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रीकृत भएका छौँ।’ समाज रूपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भए मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गरेको ठहरिने उनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्