१६ चैत्र २०८०, शुक्रबार

सरकारविरुद्ध काँग्रेसको प्रदर्शन (फोटोफिचर)

Khabarsabaiko सोमबार, माघ २१, २०७५

अर्जुन बोहरा

माघ २१ गते काठमाण्डौ
नेपाली काग्रेसले सोमबार देशभरी नै सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शन गरेको छ । पुर्व घोषित कार्यक्रम अनुसार प्रदर्शनमा काग्रेसले सरकार विरुद्ध चर्को नारा पनि लगाएको छ । काठमाण्डांै सहित ७७ ओटै जिल्ला सदरमुकाममा काँग्रेसले सरकार विरुद्ध प्रदर्शन गरेको छ । वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो । काठमाडौमा रत्नपार्कस्थित शान्तिबाटिकामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले निर्वाह गरिरहेको जिम्मेवार प्रतिपक्षको भूमिकालाई कमजोरी नठान्न चेतावनी दिनुभयो । जनविरोधी क्रियाकलाप जारी राखे दुई तिहाईको दम्भ बोकेको सरकारलाई जनताले जुनसुकै समयमा पनि ठेगान लगाउने नेता सिंहको भनाइ थियो । एक पछि अर्को जनविरोधि निर्णय गर्दै आएको कम्युनिष्ट नेतृत्वको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले काग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न पनि माग गरेको छ । सरकारको विरोध गर्दै काग्रेसले आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको वुढी गण्डकी बहुउदेश्यीय परियोजना विना प्रतिश्पर्धा विदेशी कम्पनीलाई सुम्पीनुका पछिल्तीर के रहस्य लुकेको छ भन्नेबारेमा आवाज उठाएको छ ।

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न उब्जिएको भन्दै काग्रेसले कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा देखिएको जनाएको छ । काग्रेसले प्रमुख प्रतिपक्षी दलका नेतकोे उपस्थिति विना संवैधानिक परिषद्को बैठक राखि नियुक्तिका निर्णय गरेको प्रति पनि विरोध जनाएको छ ।जिल्ला सदरमुकाम सिमकोटमा नेपाली कांग्रेसले आज सरकार विरुद्ध प्रदशन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्