१५ चैत्र २०८०, बिहिबार

भेनेजुयला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डको पुरानै अडान

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

थाहासंवादाता माघ २४ गते काठमाण्डौ
नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभिव्यक्तिप्रति जनाउनु भएको असन्तुष्टिलाई खण्डन गर्नुभएको छ । अध्यक्ष दाहालले आज चितवन पुगेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै आफ्नो विज्ञप्तिकै मर्म अनुसार नेपाल सरकार र पार्टी सचिवालयले पनि विज्ञप्ति निकालेको भन्दै त्यसमा कुनै विवाद गर्नु नपर्ने बताउनुभयो । नेकपाको सचिवालय बैठकले समेत कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने यसअघि नै निर्णय गरेको थियो । यही माघ ११ गते नेकपाका अध्यक्ष दाहालले एक विज्ञप्ती जारी गरेर भेनेजुयलामा अमेरिकाको हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्