०६ कार्तिक २०८१, मंगलबार

हिउँ पहिरोका कारण हुम्ला कर्णाली रोकियो

Khabarsabaiko शुक्रबार, माघ २५, २०७५

राज शाही,

हुम्ला २५ माघ
भारी हिमपात पछि गएको हिम पहिरोका कारण हुम्ला कर्णाली रोकिएको छ ।  हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नम्बर छ को लिमीबाटै नआए पछि हुम्ला कर्णाली नदि बन्द भएको हो । लिमी भ्यालीबाट तुम्कोटतर्फ आउने कर्णाली नदि तुम्कोट नआएको मुचु प्रहरीले जानकारी गराएको प्रहरी नायब उपरिक्षक रबिन कुमार श्रेष्ठले बताउनुु भयो । बाक्लो हिमपातको कारण कहाँ हिमपहिरो गएर हुम्ला कर्णाली नदि रोकिएको हो भन्न नसकिने अबस्था रहेको उहाँले बताउनुु भयो । सो कारण मुचु भन्नदा तल्लो भेगमा नदिको बहाव घट्दै गएको जानकारी  दिनु भएको छ ।

हिउँ पहिरोको कारण नदि रोकिए पछि अहिले सुरक्षा समितिको बैठक जिल्लामा बसि रहेको उहाँले बताउनुु भयो । तुम्कोट भए आउने लिमि कर्णाली नदिबाट पानी नै नआएको र सिमकोट नजिकको धारापोरीमा पनि दुई फिट पानी घटेको प्रहरीले जनाएको छ । यसबाट हुन सक्ने क्षेतीबाट जोगिन नदि किनाराका सबैलाई गाउँपालिका प्रहरी एलर्टमा राखिएको उहाँले बताउनुु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्