०७ बैशाख २०८१, शुक्रबार

केही दिनभित्रै पार्टी एकता हुन्छ – प्रचण्ड

Khabarsabaiko बुधबार, फाल्गुण ०१, २०७५

अर्जुन बोहरा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिन भित्रैमा पार्टी एकता हुने बताउनु भयो ।
आज पार्टी मुख्यालय धु्रम्बाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लागिरहेको बताए । जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने बताउनु भयो । सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने जोड दिनु भयो । दश बर्षे जनयुद्ध,जनआन्दोलन र नेपाल कम्युनिष्टका विभिन्न कालखण्डमा विभिन्न आन्दोललनमा शाहदत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जलि अपर्ण गर्नुृ भयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गर्नुभयो । उहाँले कम्युनिष्ट समूहलाई मात्र नभएर नेपाली काङ्ग्रेस र मधेश केन्द्रित सबै पार्टी विकास र समृद्धिको एजेण्डामा सहकार्य गराँै भन्दै नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न आह्वानसमेत गर्नुभयो । अध्यक्ष दाहालले नेपाल गरिब भए पनि यसले केही दशक यता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको बताउनु भएको हो । बुधबार जनयुद्ध दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनयुद्ध र जनआन्दोलनको जगमा नेपालले राजनीतिक परिवर्तनको क्षेत्रमा चमत्कार नै गरेको दाबी गर्नुभयो ।अध्यक्ष दाहालले दुई कम्युनिष्ट पार्टी एकता, एकताको जगमा दुई तिहाई लोकतान्त्रिक जनमतसहितको सरकार बनाएर नेपालले विश्व कम्युनिष्ट पार्टीमा समेत गर्व गर्न लायक काम गरेको स्मरण गराउनुभयो ।

कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उहाँले पार्टी एकता सफल पार्न एक÷दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राख्नुभयो

यहाँ कमेन्ट गर्नुहोस्