१५ चैत्र २०८०, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको एक वर्ष पूरा

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

खबरसबैको संवदाता
काठमाण्डोै- प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको आज एक वर्ष पूरा भएको छ । ओली संविधान जारी भएयता एक वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री बन्न सफल हुनु भएको छ । संविधान जारी हुनुअघि तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले साढे एक वर्षभन्दा बढी समय सरकार सञ्चालन गरे पनि अरु सरकार लामो समय टिक्न सकेका थिएनन् । तत्कालीन माओवादी केन्द्रको समेत समर्थनमा ओलीलाई २०७४ साल फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठनपछि ओली नेतृत्वको सरकार बनेको हो । सरकारको एक वर्षका बारेमा बिभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक वर्षको उपलब्धि निरासाजनक रहेको टिप्पणी गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्