१६ चैत्र २०८०, शुक्रबार

इन्टरनेट समस्याले बैकीङ्गी कारोबारोमा डिलाई

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

मिगुर लामा

सिमकोट हुम्ला
सदरमुकाम सिमकोटमाका बित्तिय कारोवार गर्ने बैकहरुमा इन्टरनेटमा समस्या आएको छ । दैनिक दिन बैंकमा आर्थिक कारोबारोको चाप बढेपछि इन्टरनेटले काम नगरे पछि बैकका कर्मचारीहरुले सेवाग्राहीहरुले सेवा दिन समस्या देखाएका छन ।
विहान ११ बजे सिटिजन्स बैकमा ११ हजार रुपायाँको चेक साट्न पुग्नु भएका सिमकोट गाउँपालिका २का लोग भण्डारीले एक घण्टा भन्दा बढि समय कुर्नु परेको बताए । अहिले दैनिक दिन बैकमा तिन दर्जन भन्दा बढि सेवाग्राहीहरु धेरै समय कुरेर चेक साट्ने र पैसा जम्मा गर्ने गरेको बताउनु भयो ।
बैंकमा जडान गरेको वल्ड लिंक र नेपाल टेलिकमको एडिएसएल सेवाले राम्रो संग काम नगर्दा समस्या आएकोे सिटिजन्स बैंक हुम्ला शाखाका म्यानेजर प्रकाश महतले बताए ।
इन्टरनेट एकातिर स्लो छ भने नेट जाने आउन भईरहेकोले घण्टौ समय लगाएर चेक साटुनु परेको बैकका कर्मचारीले बताएका छन । राष्ट्रिय बाणिज्य बैकमा पनि समस्या आएको हुम्ला शाखाका बैंकका म्यानेजर ठानसिंह बिष्टले बताउनुु भयो ।
सदरमुकाम सिमकोटमै संचालन गर्दे आउनु भएका मोति रेमिटमा पनि नेटले गर्दा निक्कै समस्या खेप्नु परेको प्रबन्धक निता बोहोराले बताईन । भारि हिंपात पछि सिमकोट बजार आसपासका सरकारी गैरसरकारी कार्यलय,वितीय संस्था र संचारका माध्यम समेत प्रभावित पारेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्