१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेश बाट तिन जना पत्रकार पुरस्कृत

Khabarsabaiko शनिबार, फाल्गुण ०४, २०७५

खबरसबैको संवादाता
काठमाडौँ, ४ फाल्गुुन (रासस)

राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन ७ गते मनाइने ५८औँ वार्षिकोत्सवका अवसरमा केन्द्र र प्रदेश तहका उत्कृष्ट ठहरिएका समाचारदाताहरूलाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा पुरस्कृत गर्ने भएको छ । राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामल को अध्यक्षतामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीको संयोजकत्वमा गठित पुरस्कार छनोट उपसमितिको सिफारिशमा पुरस्कृत हुने समाचारदाताको सूची अनुमोदन गरेको हो । पुरस्कृत हुने उत्कृष्ट स्थानीय समाचारदाताहरूमा प्रदेश नं १ का सुमन घिमिरे (मोरङ), प्रदेश नं २ का अरुणकुमार यादव (सप्तरी), प्रदेश नं ३ का कृष्णराम परियार (मकवानपुर), गण्डकी प्रदेशका लक्ष्मीप्रसाद सापकोटा (पर्वत) ५, प्रदेश नं ५ का रीता लामा (दाङ), कर्णाली प्रदेशका दिपेन्द्र शर्मा (सुर्खेत), सुदूरपश्चिम प्रदेशका गङ्गराज पण्डित (बाजुरा) र काठमाडौँ उपत्यकाकी मीना घोरसाइने (काठमाडौँ) हुनुहुन्छ ।
उत्कृष्ट आलेखतर्फ प्रदेश नं १ का रवीन्द्र काफ्ले (पाँचथर), प्रदेश नं २ का सञ्जीतकुमार मण्डल (महोत्तरी), प्रदेश नं ३ का आदित्य दाहाल (काठमाडौँ), गण्डकी प्रदेशका समाचारदाता वासुदेव पौडेल र (स्ट्रिङ्गर) नीरज थकाली हुनुहुन्छ । यस्तै प्रदेश नं ५ का नवीन नेपाली (दाङ), कर्णाली प्रदेशका उपेन्द्र न्यौपाने (जुम्ला), सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह कार्की (दार्चुला), काठमाडौँ उपत्यकाका समाचारदाता रमेश लम्साल र सिबी अधिकारी (काठमाडौँ) र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं (काठमाडौँ) छानिनुभएको छ ।
उत्कृष्ट फोटोतर्फ प्रदेश नं १ का सन्तोषकुमार सार्की (ताप्लेजुङ), प्रदेश नं २ का विजयकुमार महतो (पर्सा), प्रदेश नं ३ का फोटोपत्रकार नवीन पौडेल (काठमाडौँ), गण्डकी प्रदेशका कृष्ण न्यौपाने (तनहुँ), प्रदेश नं ५ का नरेश केसी (रुपन्देही),कर्णाली प्रदेशका दाने बोहरा (हुम्ला) पुरस्कृत हुनुहुने छ । उत्कृष्ट श्रव्यतर्फमा केन्द्रीय कार्यालय (प्रदेश नं.३) का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने (काठमाडौँ) र मोफसल (प्रदेश नं. ३) का स्थानीय समाचारदाता सुशीला रेग्मी (पाल्पा) छानिनुभएको छ ।

समाचारदाताहरूले गत एक वर्षमा सम्प्रेषण गरेका समाचारको सङ्ख्या, तिनको प्रभाव, गुणस्तर एवं भौगोलिक, जातीय र लैङ्गिक समावेशिताका आधारमा पुरस्कारका लागि छनोट गरिएको हो । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले यस वर्षदेखि प्रदेशहरूमा आयोजना गरिने वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । राज्यको एक मात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तर्रा्ष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपाल पत्रकार महासंघका कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा जाजरकोट, सामुदायिक रेडियो कर्णाली आवज   तथा खबरसबैको डटकमका मुख्य समाचार प्रमुख दाने बोहरा हुम्ला बाट फोटो पत्रकारमा र आलेखतर्फ उपेन्द्र न्यौपाने (जुम्ला) बाट पुरस्कृत हुनुभएको छ । कर्णाली प्रदेश बाट राससमा उत्कृष्ट हुने तिनै जान पत्रकार लाई खबरसबैको डटकका संचालक समितिले बधाई समेत दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्