०१ जेठ २०८१, मंगलबार

लुट्न सके लुट गित पुनः युटुवमा अपलोड गर्न प्रतिष्ठानको आग्रह

Khabarsabaiko सोमबार, फाल्गुण ०६, २०७५

खबर सबैकाे,काठमाडाैं

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पशुपति शर्मालाई ‘लुट्न सके लुट’ बोलको गीत जस्ताको तस्तै अपलोड गर्न आग्रह गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले आफ्नो आधिकारीक धारणा राख्दै उक्त गीत परिमार्जन बिनै पुनः अपलोड गर्न शर्मालाई आग्रह गरेको हो।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आईतबार बैठक बसेको छ । बैठकले ”लुट्न सके लुट…“ गितलाई पुनः युटुभमा जस्ताको त्यस्तै अपलोड गर्न आग्रह सर्जक पशुपति शर्मा लाई गरेको छ । बैठक पछि प्रतिष्ठानले प्रेस विज्ञप्तिमा शर्माको गित सम्पुर्णले सुन्नपाउनु दर्शक, श्रोताको अधिकार भएकाले पुनः जस्ताको त्यस्तै अपलोड गर्न सर्जक शर्मा लाई आग्रह गरेका छन् । बैठकमा गायक तथा प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका पशुपति शर्मा को पनि उपस्थिति थियो । बैठक प्रतिष्ठानका अध्यक्ष बद्रि पंगिनीको अध्यक्षतामा बसेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्