२१ कार्तिक २०८१, बुधबार

विवाद सुल्झिए पछि सडक निर्माण सुचारु

Khabarsabaiko शनिबार, फाल्गुण ११, २०७५

 धनगिरी फडेरा

फाल्गुन ११, कालिकोट

रास्कोट नगरपालिकाको गङ्गाने-पत्मारा सडक खण्ड को स्थानीय सडक निर्माण गर्ने क्रममा रास्कोट नगरपालिका वडा न.६ को खौला बजार नजिक जग्गा विवाद ले तीन दिन देखि काम बन्द भएको थियोे । आज जग्गा धनी बिच छलफल गरि विवाद सुल्झिए पछी सडक निर्माण सुचारु भएको छ ।

नगरपालिका भित्र सडक निर्माण ले गाउँमा विवाद बड्दै जाने गरेको छ । पत्मारा बिधुत घर सम्म पुग्ने उक्त सडक निर्माण गर्दा जग्गा धनिको जमिन सडक बन्दा स्थानीय बासिले बन्द गर्न माग गरेका थिए ।

रास्कोट नगरपालिका को सहयोगमा निर्माणाधीन सडक गङ्गाने-पत्मारा सडक खण्ड भित्र पर्ने जग्गा एकै परिवारको पाँच ठाँउ को जग्गा सडक बन्दा जीवन गुजारा गर्न गाह्राे हुने स्थानीय अदलसिङ्ग फडेरा बताएका छ्न ।

नगरपालिका को प्राबिधिक टोलिले सर्भे गरे अनुसार सडक निर्माण गर्नु पर्नेमा मनोमानी ढङ्गले सडक निर्माण हुँदा अझ झन विवाद थपिदै गएको छ । वडा न. ६ भित्र राजनीति र पेशा दारी ब्यक्तिले आप्नो जग्गा बचाउन राती स्काभेटर सुचारु गरि गरिब साधारण जन्ताको खेत बारिमा सडक निर्माण कार्य भैरहेको छ । नगरपालिका मा हजारौं युवा हरु बेरोजगार भइ वैदेशिक रोजगारी र भारत को हिमालचल प्रदेश धाउन बाध्य भैरहेको हुदा हुदै गाउँमा विकासी पुर्बाधार गर्ने योजना नगरको स्काभेटर ले काम गर्दा नगरपालिका का युवा अझै रोजि रोटी गर्न कम्जोर घर परिवार वैदेशिक रोजगारी को मुख ताक्न बाध्य भएको स्थानीय उमेश फडेरा ले बताएका छ्न।

यहाँ कमेन्ट गर्नुहोस्