About Contact Links
Close
बिज्ञापन
सात जनाको शवको पहिचान

Khabarsabaiko शुक्रबार, फाल्गुण १७, २०७५ मा प्रकाशित

खबरसबैको संवादाता
काठमाण्डौ -ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात शवको पहिचान भएको छ । पोस्टमार्टमसँगै गएराती १ बजेपछि शवको पहिचान भएको हो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो । पहिचान गर्न करिब १० घण्टा लागेको थियो । हिजो तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहान आठ बजेका लागि सारिएको थियो । श्रद्धान्जलीपछि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा राजकीय सम्मानका साथ हुनेछ । अन्य मृतकका परिवारले आफ्नो परम्परा अनुसार अन्तिम सँस्कार गर्ने जनाइएको छ । ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार रहनुभएको थियो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७