खबरसबैको संवादाता
कैलाली— कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ। बुधबार फैसला सार्वजनिक गर्दै जिल्ला अदालतले चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको जिल्ला अदालत कैलालीले बताएको छ । थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीले भने सफाइ पाएका छन्। २०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरीसहित एक नाबलकको मृत्यु गरेको थियो । उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो।