२४ मंसिर २०८०, आइतबार

रास्कोट नगरपालिकाले श्रम बैंक मार्फत बेरोजगार लाई रोजगारी

Khabarsabaiko बिहिबार, फाल्गुण २३, २०७५

धनगिरी फडेरा

 फागुन २३, कालिकोट

“युवाको सान श्रमको सम्मान, नगर निर्माणको पहिचान” भन्ने मुल नाराका साथ रास्कोट नगरपालिका भित्रका बेरोजगार युवाहरु लाई रोजगार दिलाउन रास्कोटमा  श्रम रोजगार बैंकको एक औपचारिक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । उक्त कार्यक्रम को उद्घाटन रास्कोट नगरपालिका प्रमुख कासी चन्द्र बरालले गर्नु भएको थियो ।

नगरपालिकाको तथ्यांक अनुसार तत्काल २६० जना बेरोजगार युवाहरूलाई श्रम रोजगार बैंक मा समाबेश गरिएकाे छ बाँकि बेरोजगार युवाहरूलाई पछि समेट्दै लग्ने जनार्इएकाे छ । १८ बर्ष देखि ५० बर्ष काम गर्ने र ५० बर्ष पुगे स्वतह अबकास हुने र मासिक बचत को १० प्रतिशत जम्मा राख्ने र अबकास पछि नगरपालिका ले १० प्रतिशत थप दिने प्रमुखको ले बताउनु भएको छ । १० लाख को दुर्घटना बिमाको पनि ब्यबस्था गरिएको छ।

रास्कोट को विकास गर्न युवाको मुख्य भुमिका हुने भएकाले युवाहरूलाई परिचालन गर्ने गरि श्रम रोजगार बैंक स्थापना गरिएको हो । बेरोजगार युवा लाई विकास निर्माणमा लगाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ स्थापना भर्इ नगर भित्र निर्माण गरिने सडक, खानेपानी, सिचाई कुला, भवन, रंगशाला, मठमन्दिर, पाटी पौवा आदिको बिकास संगै अन्य आइपर्ने समस्या को पनि सुरक्षा समेत गर्ने छन् ।

युवाहरूको पारिश्रमिक भने नगरपालिका ले जिम्मा दिएको काम मासिक कति गरे त्यसको प्राबिधिक टोलिले मुल्यांकन गरि घन मिटर को आधारमा ज्याला दर निधारण हुने छ र हाम्रो नगरपालिका राम्रो नगरपालिका भनि निर्माण गर्न लागि पर्औ भन्न्रे भनार्इका साथ कार्य अगाडि बढेको छ । साथै युवाजुते कसैको मुख ताक्न , वैदेशिक रोजगार धाउनु नपर्ने र आप्नै माटोले आफै लाई रोजगारी प्रदान गर्ने छ भनी रास्कोट नगरपालिकाका प्रबक्ता र ६ न. वडा अध्यक्ष ट्क्क बहादुर फर्सालले जानकारी दिनु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: