१५ चैत्र २०८०, बिहिबार

सरकार र सिके राउत विच ११ बुँदे सहमति

Khabarsabaiko शुक्रबार, फाल्गुण २४, २०७५

खबरसकैको संवादाता
काठमाण्डौ -नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन बिच ११ बुँदे सहमति भएको छ । राष्ट्रियसभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गरेको छ । मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको जनाएको छ । स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता लिने र पक्राउ परेकाहरुलाई निशर्त रिहा गरिने सहमति भएको छ । गठबन्धनले स्वतन्त्र तराईको माग गर्दै किताब, पर्चा, पम्प्लेट, झण्डा, गीत जस्ता बस्तुहरु कुनै पनि प्रकाशन प्रसारण नगर्ने, त्यही किताब, पर्चा पम्प्लेटको विषयलाई लिएर गठबन्धनका कार्यकर्तालाई धरपकड गर्न नपाउने जनाएको छ । गएको भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका आफ्ना कार्यकर्ता राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले ब्यहोर्ने सहमति भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्