१४ मंसिर २०८०, बिहिबार

महिला साफ च्याम्पियनसिपको नेपाली खेलाडी फाइनलमा

Khabarsabaiko बुधबार, चैत्र ०६, २०७५

काठमाडौँ — महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाईनल खेलमा नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा गर्दै नेपाल फाईनलमा प्रबेश गरेको छ। नेपाली महिला राष्ट्रिय फुटबल टिमले श्रीलंकालाई सहिद रंगशालामा भएको खेलमा० शुन्यका विरुद्ध ४ गोल गर्दे नेपाली महिला टिम फाइनल यात्रा तय गरेको छ।

नेपालले समुह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गरेको थियो । यता, समुह चरणमा माल्दिभ्सविरुद्व जित निकालेपनि भारतसंगको फराकिलो हारले श्रीलंका दबाबमा छ । अहिलेसमम नेपालले उपाधि भने जितेको छैन्। यस्तोमा अब नेपालसामु आफ्नै भूमिमा पहिलो पल्ट उपाधि चुम्ने अवसर हुनेछ। नेपाल अब शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा श्रीलंकाले पहिलो हाफमा बलियो रक्षापंक्तिको नमुना पेस गरेपनि त्यसलाई खेलको अन्त्यसम्म कायम राख्न सकेन्। श्रीलंकामाथि नेपालको यो लगातार जित हो। नेपालका लागि पहिलो गोल पुनम जर्घामगरले गरिन्। उनले ४२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको पासलाई नजिकको दूरीबाट गोल गरेकी हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: