१६ जेठ २०८१, बुधबार

परिक्षाको समयमा बन्द नगर्न विप्लपलाई मानवअधिकार आयोगको आग्रह

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

खबरसबैको संवदाता
राष्ट्रिय मानवअधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ । आज विज्ञप्ति जारी गरी आयोगले एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरेको हो । चैत १६ गते माध्यमिक शिक्षा परीक्षामा जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ । बन्दले आम नागरिकको स्वतन्त्रपुर्वक हिडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारी लगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्दै आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्