१६ आश्विन २०८१, बुधबार

कर्णाली नदीको दोहन रोक्न सात बुँदे घोषणापत्र जारी

Khabarsabaiko बुधबार, चैत्र १३, २०७५

खबरसबैको संवदाता
कैलाली नदी जन्य प्राकृतिक स्रोत साधनको अबैध उत्खनन् रोक्नको लागि ७ बुदे घोषणापत्र जारी गदै तेस्रो नदी शिखर सम्मेलन तथा कर्णाली नदीजन्य प्रकोप ब्यवस्थापन सम्बन्धी गोलमेच सम्मेलन सुदुरपश्चिम प्रदेशको कर्णाली चिसापानीमा सम्पन्नं भएको छ । बिशेष गरेर कर्णाली नदीमा भइरहेको दोहोन रोक्न तथा वातावरण, वन्यजन्तुमैत्री विकासलाई अगाडि बढाउन मंगलबार कैलालीको चिसापानीमा घोषणापत्र जारी गरिएको हो । नेपाल वातावरण पत्रकार समूह नेफेजद्धारा आयोजित कर्णाली नदीजन्य प्रकोप व्यवस्थापन सम्बन्धी गोलमेच सम्मेलनले घोषणापत्र जारी गर्दै कर्णालीय, सुदुरपश्चिम र ५ नम्बर प्रदेश भएर बग्ने कर्णाली नदी बाट ढुङगा, गिट्टी र बालुवा उत्खननलाई वैज्ञानिक व्यवस्थापन गर्न प्रतिवद्धता जनाएको छ ।
सम्मेलनमा डल्फीन तथा चराचुरुङ्गिक्रमि भजनीका विजयराज श्रेष्ठ, बर्दिया मधुवनका मेखबहादुर गुरुङ्ग, पत्रकार योगेश रावल, लम्कीका स्थानिय कृष्ण खड्का, बर्दिया गेरुवाका हुमलाल सोनाहा,टीकापुरका भरत बिष्ट, सुर्खेतका मेखलाल आले, घाटगाउ सुर्खेतका नपनसिंह राजी, कैलाली मोहोन्याल गाउपालिकाका अध्यक्ष नवलसिंह रावल, संरक्षणकर्मि ममता रावल, शान्ती सोनाहा, वाफर नेपालका अध्यक्ष उजिरसिंह सुनार, शुशिला श्रेष्ठ, पानी परियोजनाका भवानी डंङ्गगोल, दैलेखका धिरेन्द्र बादी, पहलमानपुर डिभिजन बन कार्यालय कैलालीका प्रमुख दिपकराज ज्ञवाली, बर्दिया राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरी, जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर थापा, जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारु ल्गायत तिनवटै प्रदेशका बिभिन्न मन्त्रालय, बिभाग र सरोकारवाला संस्था बाट आएका सहभागिली पछिल्लो समयमा भैरहेको प्राकृतिक सम्पदा माथिको दोहोनको बारेमा चिन्ता ब्यक्त गदै केहिले संरक्षणका लागि सुझाव समेत दिएका थिए ।

सम्मेलनको खुल्ला सत्रमा बोल्ने अधिकाशं वक्ताले स्थानिय तहका जनप्रतिछनिका कारण नै अबैध रुपमा उत्खनन् बढेकोले त्यसलाई तत्काल रोक्नको लागि प्रदेशले समेत पहल गर्न आग्रह गरेका थिए । कैलाली र बर्दियाका जिल्ला समन्वय समितिका संयोजकले समेत आफुहरुले स्थानिय तहलाई मनगरी रुपमा कर्णाली लगायत अन्य नदीबाट ढुङ्गा , बालुवा र गिट्टी उत्खनन् नगर्न दिन आग्रह गर्दा समेत गम्भीर नभएको समेत आरोप लगाएका थिए ।
कार्यक्रमका मुख्य वक्ता सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सुदूरपश्चिम प्रदेश सरकारको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर (गोविन्द), प्रदेश नम्बर ५ को कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव, सुदूरपश्चिम प्रदेशका सांसद चुनकुमारी चौधरी, कर्णाली नदी व्यवस्थापन आयोजनाका निर्देशक रमेशबन्धु अर्याल, जलतथा उर्जा आयोग काठमाण्डौका उप सचिव प्राध्यापक दिनकर खनाल लगायतकाले कर्णाली नदीको तिनै प्रदेशको साझा सम्पती मात्र नभएर देशकै गौरव र गहना भएको बताउदै यसको सम्भवानालाई मध्यनजर गदै संरक्षणका चुनौतिहरुको सामाना समेत गर्नु पर्नेमा जोड दिएका थिए ।
नदी जन्य प्राकृतिक स्रोतसाधनको अबैध उत्खनन् रोक्नको लागि ७ बुदे घोषणापत्र जारी गदै तेस्रो नदी शिखर सम्मेलन तथा कर्णाली नदीजन्य प्रकोप ब्यवस्थापन सम्बन्धी गोलमेच सम्मेलन सुदुरपश्चिम प्रदेशको कर्णाली चिसापानीमा सम्पन्न भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्