११ आश्विन २०८०, बिहिबार

स्थानीय तह द्धारा पहिलो पटक स्वास्थ्य संस्थामै तालिम

Khabarsabaiko शुक्रबार, चैत्र १५, २०७५

खबरसबैको संवदाता
कालिकोट– कालिकोटको एक गाँउपालिकाले पहिलो पटक स्थानीय संरचाना संचालन एक बर्ष बितेपछिको तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । देश संघीय संरचनामा गएपछि गाँउपालिकामा नै स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन तालिमको आयोजना गरिएको हो। स्वास्थ्य मन्त्रालय र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निदेर्शिका र तालिम पाठ्यक्रमअनुसार देश संघीय संरचनामा गएपछि पहिलो पटक कालिकोटको पचालझरना गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई तालिम संचालन गरेको हो । स्थानीय तहसम्म स्वास्थ्य सेवा सर्वसुलभ गराउन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कालिकोटको पचालझरना गाँउपालिकामा रहेको राम्नाकोट स्वास्थ्य चौकीमा तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: