१६ चैत्र २०८०, शुक्रबार

चट्याङ लागेर झापामा एक जनाको मृत्यु

Khabarsabaiko शनिबार, चैत्र २३, २०७५

खबर सबैकाे

झापा, २३

चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन् ।  चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको मृत्यु भएको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

धाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए । घाइते तीनै जनालाई ओमसाई अस्पतालमा उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्