Khabarsabaiko आइतबार, चैत्र २४, २०७५
राज शाही
हुम्ला २४ चैत
हुम्ला जिल्लामा रहेका करिब दुई दर्जन माध्यामिक बिद्यालयहरुको शैक्षिक अवस्था केहीको बाहेक अन्य सबै बिद्यालयहरुको कार्य सम्पादन परिक्षण कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परिक्षण केन्द्रले पहिलो पटक जिल्लामा रहेका बिद्यालयहरुको स्वमुल्याङ्कन गर्ने क्रममा कमजाेर स्थिती देखिएको हो ।
केन्द्रबाट जिल्लाका दक्षिणी क्षेत्रका ११ वटा माबिहरुको उक्त मुल्याङ्कन गर्न स्थलगत रुपमा जानु भएका परिक्षक दिपक बहादुर शाहीले सबै बिद्यालयको प्रारम्भिक अवस्था ज्यादै दयनीय रहेको जानकारी दिएका छन् । यसको प्रतिबेदन तयारी गर्ने कार्य भै रहेको भए पनि माबिहरुको प्रारम्भिक अबस्था बुझ्दा निक्कै कमजोर अबस्थामा रहेको उहाँले बताउनु भयो ।
बिद्यालयहरुको भौतिक संरचना, शैक्षिणिक कृियाकलाप, आर्थिक व्यावस्थापन, जनशक्तिको व्यावस्थापन जस्ता सुचकलाई आधार मानेर स्वमुल्याङ्कन गर्दा कुनै पक्ष पनि सन्तोसजनक अबस्था नभएको उहाँले बताउनु भयो । जिल्लामा पहिलो पटक उक्त मुल्यांकन गरिएकोले एकपटकलाई सुधार गर्न सुझाब दिईने र पूनः यस्तो अबस्था दोहोरिए कारवाहीका लागि सिफारिस गरिने जानकारी दिएका छन्।
हुम्लाको दिक्षीणी क्षेत्रका चार वटा गाउँपालिकाका ११ वटा माबिहरुमा ताँजाकोटका धर्मोदय, जनप्रकाश र मदानादेब माबि रहेका छन् भने अदानचुलीका सुर्योदय र सल्लाघारी माबि रहेको परिक्षक भण्डारीले बताउनु भयो । त्यसै गरि सर्केगार्ड गाउँपालिकाका लालि गुराँस माबि, हिमज्योति माबि, सरस्वती माबि जैर र कोट माबि रोडिकोट तथा चंखेली गाउँपालिकाको महादेब माबि दार्मा र हिमालय माबि मेल्छामको बिद्यालयहरुको कार्य सम्पादन परिक्षण गर्ने कार्य सम्पन्न भएको उहाँले बताउनु भयो ।
सदरमुकाम नजिकका तीन वटा गाउँपालिकाका नौ वडा बिद्यालयहरु मालिका, हुम्ला, सीता, मान्धारा, रलिङ्ग, मानसरोवर, बालमिन्दर, कैलाश,सैपाल हिमाल, कर्णाली र महाबौद्ध माबिको अर्का परिक्षक राज बहादुर शाहीले गर्नु भएको छ । परिक्षक शाहीले परिक्षण गरेका बिद्यालयहरुमा भने केही बिद्यालयहरुले राम्रो अभ्यास गरेर बिद्यालयलाई अगाडी बढाएको पाईएको उहाँले बताउनु भयो ।