About Contact Links
Close
बिज्ञापन
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आउँदो चुनावमा नेकपा र कांग्रेसमा ठूलो पहिरो जाने भविश्यवाणी

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५ मा प्रकाशित

खबर सबैको

बुटवल

आइतबार बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षणमा डा. भट्टराईले नयाँ शक्ति पार्टी एक डेढ वर्षभित्रै पुराना दलहरुको विकल्पमा भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने पनि दाबी गरे । डा. भट्टराईले भने, ‘हामी मधेसकेन्द्रित, जनजातिकेन्द्रित र पहिचान पक्षधर सबै शक्तिहरुसँग ध्रुवीकरण गर्दै चुम्बकीय केन्द्र (म्याग्नेटिक सेन्टर) जस्तो पार्टी बनाउँदैछौं ।’

नेपाली कांग्रेस बुढो हात्तीजस्तो भएको र नेकपा आफैंभित्र भागवण्डा र सत्ता स्वार्थमा पदको तानातानमा लागेको देखेर जनताले वैकल्पिक शक्ति चाहेको डा. भट्टराईको दाबी छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अगाडि थपे ‘आउँदो चुनावको मुखमा कांग्रेस र नेकपामा ठूलो पहिरो जानेवाला छ, तर त्यहाँबाट आउन खोज्ने सबैलाई भित्र्याउनौं, राम्रा मान्छे मात्र छानेर मात्र भित्र्याउँछौं ।’

‘स्वयं कांग्रेस र नेकपाका नेताहरुले तपाईं आइदिनुपर्‍यो, नेतृत्व गरिदिनुपर्‍यो भन्नुहुन्छ’ भट्टराईले कार्यक्रममा भने ‘कहिलेकाहीँ त फुत्किनै नसक्ने गरी समात्न खोज्नुहुन्छ, डा. भट्टराईले कार्यकर्ताहरुलाई भने, ‘तर म त्यहाँ जाने कुरै भएन ।’

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७