०७ बैशाख २०८१, शुक्रबार

विप्लव लाई प्रतिबन्ध लगाउनु सरकारको महाभूल भएको बैद्य

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५

खबरसबैको संवददाता
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले योे सरकारले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु महान गलत गरेको बताउनु भयो । महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने नेपालका दुई तिहाई दम्बको सरकार रहेको आरोप लगाउनु भयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन लाई आईतबार काठमाडौंमा उद्घघाटन गनुै भएको छ । उहाँले वर्तमान सरकारले देशीविदेशी प्रतिक्रियावादीहरूको संरक्षण चलिरहेकोले पनि असली प्रवृती देखाएको आरोप लगाउनु भयो । वर्तमान सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको ले सबै नेपाली यसमा लाग्न समेत महासचिव बैद्यको आग्रह रहेको छ । वर्तमान सरकारले वास्तविक जनताको काम पुरा नगर्ने बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्