१६ आश्विन २०८१, बुधबार

कर्णाली प्रदेशलेनै लोकसेवा आयोग संचालन गर्नु पर्ने माग

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५

खबरसबैको संवदादात
कर्णाली प्रदेशसभा सदस्यहरूको बसेको बैठकले लोक सेवा आयोग प्रदेशले नै संचालख गर्नु पर्ने माग राखेका छन ।
प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई बिनाअवरोध अगाडि बढाउनुपर्ने जोड दिएका छन ।
कर्णाली प्रदेशमा स्थानीय तहहरूमा कर्मचारीको संकट समाधान गर्नको लागि सहज होस भन्ने उद्देश्यले सांसदहरूले लोक सेवा आयोग विधेयक छिटो पारित गर्नुपर्ने आग्रहा गरेका छन ।
लोक सेवा आयोग संचालन विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसद करवीर शाहीले माग गर्नु भयो ।
विधेयक महत्वपूर्ण भएकाले यसलाई समयमै बिनाअवरोधका साथ पारित गर्नुपर्ने बताएका छन । छलफलमा भाग लिँदै उनले विधेयक प्रमाणीकरण भएमा कर्मचारी संकट समाधान हुने बताए। विधेयक आएर कार्यान्वयन भए पनि पावर र पहुँचका आधारमा दुर्गम र विकटमा स्थानमा कर्मचारी नजानेतर्फ संकेत गर्दै उनले त्यसमा कडा रूपमा प्रस्तुत हुन आग्रह गर्नु भयो ।
प्रदेशमा लोकसेवा आयोगले लिने परीक्षा प्रणाली पनि वैज्ञानिक खालको परिक्षा संचालन गरिनु पर्ने सुझाब समेत दिएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्