१६ आश्विन २०८१, बुधबार

जिल्लाको २७ वटा बिद्यालय र बालबिकास केन्द्रलाई ब्यबस्थापन सहयोग गर्ने

Khabarsabaiko मंगलबार, चैत्र २६, २०७५

राज शाही,

हुम्ला २६ चैत
कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा हुम्ला जिल्लाका माबि, निमाबि र प्राबि गरे २७ वटा बिद्यालय भवन र तीन वटा बालबिकास केन्द्रलाई ब्यबस्थापन सहयोग गराउने भएको छ । बिद्यालयमा भएका भबनहरु जिर्ण र कतिपय बिद्यालयमा नयाँ भवनको आबश्यकता देखिए पछि कर्णाली प्रदेश सभामा हुम्ला जिल्लाका दुबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सासदको सिफारिसका आधारमा कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले भवनहरु निर्माण गर्ने कार्य सुरु गरेको हो । चालु आर्थिक बर्षमा २५ वटा बिद्यालय भुकम्प प्रतिरोधी भवन, दुई वटा क्याम्पस भवन र तीन वटा बालबिकास केन्द्रलाई ब्यबस्थापन सहयोग कार्य सुरु भएको सामाजिक मन्त्रालय शिक्षा बिकास निर्देशनालयका सब इन्जिनीयर धर्मराज बोहराले बताउनु भयो ।

नाम्खा गाउँपालिकामा हिमपातको कारणले सम्झौता गर्ने कार्य अगाडी नबढे पनि अन्य सबै गाउँपालिकाका भबन निर्माणका कार्यहरु सुरु भएको उहाँले बताउनु भयो । अझ केही बिद्यालय भबनहरु भने अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयो । यसरी नयाँ भवन निर्माण हुन लागेका बिद्यालयहरुमा नाम्खा गाउँपालिकाका महाबौद्ध माबि र नबबुद्ध प्राबि, सिमकोट गाउँपालिकाका सैपाल, कर्णाली, मानसरोवर, रलिङ माबि तथा भिमसेन आधारभुत बिद्यालय रहेको बोहराले बताउनु भयो । त्यसै गरि खार्पुनाथका सीता र मालिका माबि तथा, बागेश्वरी, श्रीमष्ठा प्राबि र मष्टा प्राबि रहेका छन् । त्यसै गरि सर्केगार्ड गाउँपालिकाका लालिगुराँस र हिमज्योती माबि तथा सुर्योदय प्राबि र अशंबर्मा प्राबि भबन रहेका छन् । त्यसै गरि चंखेली गाउँपालिकाका महादेब माबि र चंखेली निमाबि रहेका छन् ।

त्यसै गरि अदानचुलीका कुल देबता, पुद्धुकोट, ज्ञानोदय, हिमालचुली बिद्यालय रहेका छन् भने ताँजाकोट गाउँपालिकाका धर्मोदय, जनक प्राबि भबन पनि निर्माणधिन अबस्थामा रहेको उहाँले बताउनु भयो । जिल्लाका दुई वटा क्याम्पसहरु मानसरोवर बहुमुखी क्याम्पस र गल्वा बहुमखी क्याम्पसका भवन पनि यसै आर्थिक वर्षमा निर्माण हुने छन् भने तीन वटा बालबिकास केन्द्रहरुलाई ब्यबस्थापन सहयोगका लागि सम्झौता भएर कार्य सुरु भएको छ ।

कुलनिर्माण हुन लागेका भवनहरुमा चार वटा पचास लाखका, दुई वटा तीस लाख, १७ वटा बीस लाख, दुई दश लाखका भवन निर्माण हुने छन् । भवनहरु आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य निर्देशालयले लिएको छ । यी भवनको निर्माण कार्य पुरा भए धेरै बिद्यालयमा रहेको कक्षा कोठा अभाबको समस्या समधान हुनेछन् ।

यहाँ कमेन्ट गर्नुहोस्