०१ कार्तिक २०८१, बिहिबार

लुक्ला विमान दुर्घटना तीनको मृत्यु, २ घाइते,

Khabarsabaiko आइतबार, बैशाख ०१, २०७६

काठमाण्डौ- लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना भजे घाइते भएका छन्। समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ रहेका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी बताउनु भयो । लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ घाइते भई उपचारका क्रममा काठमाडौंमा थप उपचारका क्रममा मृत्यु भएको छ। घाइते हुनेहरूमा काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रबिनाथ रोकाय र ललितपुर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन्। घाइते विमान चालक रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएको छ। हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले जानकारी दिए। बिहान ९ बजेर २० मिनेटमा रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घट्ना भएको हो।

यहाँ कमेन्ट गर्नुहोस्