०३ कार्तिक २०८१, शनिबार

नयाँ बर्षको शुरुवातसंगै परम्परागत संस्कृतिको जगेर्ना कार्यक्रम

Khabarsabaiko आइतबार, बैशाख ०१, २०७६

खबर सबैकाे
नयाँ वर्ष २०७६ शुरूवातसंगै देशै भरि विभिन्न कार्यक्रम संचालन गरिएका छन् । यसैक्रममा हुम्लाको अदानचुली गाउँपालिकामा नयाँ वर्षको अवसरमा “पुरानो संस्कृतिलार्इ जोगाउ नयाँ वर्ष भब्यताका साथ मनाऔं” भन्ने मुल नाराका साथ कर्णाली साँस्कृतिक संरक्षण केन्द्रको अयोजनामा बैशाख १ गते कार्यक्रम संचालन गरिएको छ ।
पुराना संकृति लोप हुँदै गइरहेको अवस्थामा मौलिक परम्परागत संस्कृतिको जगेर्नाका लागी कार्यक्रम संचालन गरिएको बताइएको छ । कार्यक्रमको प्रमुख आतिथ्य अदानचुली गाउँपलिकाका उपाध्यक्ष सौमती रावल ऐडीले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय झाँकी, नाच, देउडा, मांगल, ढालतरवार, हुड्के नाच, फुर्का, बाक्टे, चाँडची, स्थानिय बाजा दमाहा प्रतियोगिता संचालन भइरहेको छ । संस्कृतिक कार्यक्रममा पहिलो दिन स्थानीय बाजा दमाहा प्रतियोगीता, ढालतरवार, बाक्टे, हुड्के नाच र महिलाको देउडा भएको हो ।

कार्यक्रममा अदानचुली गाउँपालीकाका स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको छ । उक्त कार्यक्रम दुर्इ दिन सञ्चालन हुने कर्णाली साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राज बहादुर दानीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्